एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ: महासचिव पोखरेल
ललितपुर | माघ २७, २०८१
ललितपुर: नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभएको छ ।
एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा केन्द्रित अभियान शुभारम्भका अवसरमा उहाँले राजनीतिक अस्थिरताका कारणले आजको चुनौती निम्त्याएको हो भन्दै जनतालाई एमालेले केही गर्दैछ भन्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।
“युवामा छाएको निराश हटाउन, देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ, समाजमा विभेद्, अन्याय र उत्पीडनमा परेकाले एमालेलाई खोज्ने वातावरण तयार गर्नुपर्छ, पीडितहरूले युट्युबर खोज्न भन्दा एमालेमा गए न्याय पाइन्छ भन्ने वातावरण सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो । महासचिव पोखरेलले पार्टीका योजनालाई व्यवहारमा प्रभावकारी रूपमा सम्पादन गर्न सफलता हासिल गर्न आग्रह गर्दै नेता धेरै हुने तर जनतासँगको सम्बन्ध विग्रिने अवस्था हुनुहुँदैन भन्ने धारणा राख्नुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, “वडा केन्द्रीत तीन महिने अभियानमा पार्टी जुटिरहेको छ, सङ्गठन सुदृढ र सवल नहुँदा जिल्लामा बहुमतमा रहेको वामपन्थी जनमतको उपयोग हुन नसकेको अवस्था छ, यसलाई चिर्दै हामीले जनमतमा आधारित कार्यकर्तामा आधारित पार्टी निर्माणमा ध्यान दिनुपर्छ, पार्टी प्रतिष्ठाको विषय हैन, परिवर्तनको अभियान हो ।”
महासचिव पोखरेलले २०७४ पछि सङ्गठनात्मक जीवन खल्बलिएको भन्दै त्यसलाई सुधार गर्दै पार्टीलाई बलियो निर्णायक शक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो । उहाँले पार्टीको नीतिलाई राष्ट्रिय नीति बनाउन पार्टीलाई स्थापित गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“जनताले पत्याएका कार्यकर्ताका माध्यमबाट नै देशमा परिवर्तन ल्याउन सकिन्छ, जनतालाई पार्टीसँग जोड्न नै तीन महिने अभियान सुरू भएको हो, प्रत्येक वडाका कूल मतदाताको तीन प्रतिशत पार्टी सदस्यता कायम गर्नुपर्छ, पार्टी सदस्यतालाई विस्तार गर्ने अभियान अगाडि बढाउनुपर्छ,” उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले जनमत कायम राख्न जनसङ्गठनलाई क्रियाशील बनाउँदै विस्तार गरेर जनआधार विस्तार गर्न आग्रह गर्नुभयो । “वामपन्थी जनआधारलाई एक ठाउँमा ल्याउन आवश्यक छ, हामी अब कम्युनिस्ट एकताका नाममा राजनीतिक प्रहसन गर्ने पक्षमा छैनाँैं, राजनीति कार्यकर्ता र समाजमा रहेका वामपन्थी अगुवालाई राजनीतिक ध्रुवीकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले निश्चित उद्देश्यका लागि दुईवटा पार्टी मिलेर अहिले सरकार गठन भएको बताउँदै कानुमा सुधार गरेर समस्या समाधान गर्न सकिन्छ भनेर दुईवटा पार्टीका समान धारणामा आधारित भएर अध्यादेश आएको बताउनुभयो ।
उहाँले वर्तमान सरकार बनेपछि मुलुकमा आर्थिक अवस्था सुधार हुँदै गएको परिस्थिति अनुकूल भइनसकेको कारण लगानीको वातावरण बनिनसकेको दाबी गर्नुभयो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

